संगीत । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड र उनका दाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् । एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुइको बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कृतन गर्न यी दुइ आफ्नो दिदी सोनु कक्कड र बुवा आमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एक पटक रिसले आफ्नो दाइ टोनीको थाईमा कलमले घोपी दिईन् ।
नेहालाई टोनीले केहि कुरामा रिस उठाएपछी उनले यस्तो गरेको बताइन । कपिल शर्मा शोमा उनले भनिन् ,’बाल्यकालमा मलाइ थाहा थिएन ,त्यसैले त्यस्तो गरे ।’ उनले पछी पछुतो लागेको समेत सुनाइन । ‘मलाइ पछी नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिए’ उनले भनिन् । त्यसो त ठुलो भएपछी उनले आफ्नो दाइ र दिदीले भनेको कुरा कट्दिनन् । ‘म घरकी आज्ञाकारी सदस्य हुँ’ उनले भनिन् । (एज्नेसी)
कमेन्ट गर्नुहोस्











