‘गदर’ को पनि सिक्वेल बन्ने

33 Shares

फिल्म । सनी देओलको सफल फिल्म मध्यको एक हो ‘गदर : एक प्रेम कथा’ । यसै फिल्म मार्फत सनीले अवार्ड मात्र जितेनन् , उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आकडा पनि तय गरे । सन् २००१ को जुन १५ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने यसले २ सय ५६ करोड बराबरको ग्रस कलेक्सन गरेको तथ्यांक भारतीय मिडियामा छ ।

यस हिसाबले पनि बलिउडले सय करोड क्लबमा इन्ट्री गर्ने सपना गदरबाट पनि प्पुरा गरेको थियो । अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा अर पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्ममा सनीको को स्टार थिइन् अमिषा पटेल । फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडी बढ्ने छ भने यसमा पनि सनी र अमिषाको लभलाई दर्शकले देख्न पाउनेछन् । तर , फिल्ममा नयाँ पुस्ता पनि हुनेछन । फिल्मलाई अनिल शर्माले नै निर्देशन गर्छन या गर्दैनन् यो भने सर्वजनिक गरिएको छैन । फिल्मलाई नितिन केनीले निर्माण गर्नेछन् । (एजेन्सी)

Facebook Comments