पौष २९ मा ‘तिम्रो मेरो साथ’

फिल्म । पुष्प खड्का अभिनित फिल्म ‘तिम्रो मेरो सतह’ आउँदो पौषको २९ मा रिलिज हुने भएको छ । माघेसंक्रान्ति लक्षित गरेर सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा पुष्पसँगै साम्राज्ञी आरएल शाह , सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ । प्रेम कथानक फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् ।

सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माता रहेको फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिने विश्वास निर्माण टिमको छ । मंसिरमा निर्वाचन र विश्वकप फुटबल सकिएपछि प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा निर्माता छन् ।

कमेन्ट गर्नुहोस्