फिल्म । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेताका रूपमा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका व्यस्त तथा चर्चित मोडल एवं अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रूपमा देख्न पाइनेछ । निर्देशक सार्वजनिक नगरिएको यस फिल्मका लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।
कलाकारको लाइनअप बलियो देखिएको ‘जदौ’ मा प्रभातपालअघि नै मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र बिनोद न्यौपाने अनुबन्धित भइसकेका छन् । सिनियर कलाकारहरूसँग स्क्रिन शेयर गर्न पाउँदा आफू निकै पुलकित भएको र यसका लागि विशेष तयारीमा जुटिसकेको प्रभातपालले बताएका छन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझी को निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साता बाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् । बाबुल गिरीको संगीत र श्याम तामाङको छायांकन रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा खिचिनेछ ।










