
फिल्म । सङ्गीत सर्जकको रुपमा प्रसिद्ध भएका गायक प्रकाश सपूतले फिल्म निर्देशन गर्ने भएका छन् । उनको अभिनय र सङ्गीत समेत रहने फिल्मको घोषणा आज गर्दैछन् । फिल्ममा उनको निर्माण कम्पनि गलबन्दी प्रोडक्सन प्रालिको लगानी रहनेछ भने केही व्यक्तिले उनलाई कार्यकारी निर्माताको रुपमा सघाउदैछन् ।
फिल्मको विषयमा औपचारिक घोषणा गर्ने बताईएता पनि यसमा स्वस्तिमा खड्काको अभिनय रहने चर्चा छ । फिल्मको विषयमा एक भिडियो तयार गरेर घोषणा गर्ने भएकाले त्यसमा स्वस्तिमाले अभिनय गरिसकेकी छिन् । फिल्मको नाम प्रकाशले ‘वसन्त’ राखेको चर्चा भएता पनि यस विषयमा आधिकारिक रुपमा केही बताईएको छैन ।

म्युजिक भिडियोसँगै ‘परदेशी २’ मा अभिनेताको रुपमा प्रस्तुत भएका प्रकाशको फिल्म आम दर्शकको लागि प्रतिक्षित हुन्छ ।
कमेन्ट गर्नुहोस्