अनमोललाई फाईदा ?

गसिप । यो साल दशैँमा फिल्मको मेला थियो। कम्तीमा आधा दर्जन फिल्मले दशैँमा आउने घोषणा गरेका थिए। तर, कोरोनाका कारण दशैँमा आउने घोषणा गरेका मध्ये ‘मेरो हजुर ४’ र ‘परदेशी २’ बाहेक कुनै पनि फिल्मले क्यामरा ओपन गर्न पनि पाएनन्। यी दुई फिल्मले पनि आधाउधी सुटिङ गरिसकेका छन्। घोषितमध्ये ‘छक्कापञ्जा ४’ मैदानबाट हटिसकेको छ। यसका निर्माताले यो साल फिल्म नआउने घोषणा गरिसकेका छन्।

यसले कसैलाई फाइदा भएको छ भने ती अनमोल केसी हुन्। पूर्वनिर्धारित योजनाअनुसार ‘छक्कापञ्जा ४’ दशैँमा आएको भए अनमोललाई मैदान छाडेर भाग्नुको विकल्प हुने थिएन। किनभने, एकसाथ लागेको खण्डमा ‘मेरो हजुर ४’ को भन्दा ‘छक्कापञ्जा ४’ को पल्ला भारी हुने थियो। तर, यो फिल्म नै मैदानबाट भागेपछि अनमोललाई दशैँमा चिट्ठा पर्ने छाँट छ। निर्माता सुनीलकुमार थापाका अनुसार यो फिल्मको सुटिङ गरेजति भागको सम्पादन पनि भइसकेको छ। अब २० दिनजति सुटिङ गर्‍यो भने फिल्मको सम्पूर्ण सुटिङ सकिन्छ। यो लकडाउनले कसलाई के कति घाटा गर्‍यो, थाहा छैन। यो विपत्तिले अनमोलको विपद् भने टारेजस्तो छ। (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्