फिल्म । नेपाली फिल्मनगरीका सदाबहार अभिनेता भुवन केसी पछिल्लो समय फिल्म ‘मिस्टर नेपाली’ मार्फत पर्दामा आउदैछन् । आफ्नो कान्छो छोरा अनमोल केसीको करियरलाई अगाडी बढाउँन व्यस्त भएका भुवनले दोहोरो भूमिका समेत निभाएका छन् । ‘नेपाली बाबु’ बनेर चर्चामा आएका भुवन मिस्टर नेपाली मार्फत दर्शकको मनमा कत्तिको बस्छन् , यो त आउँदो समयले नै बताउनेछ ।
यद्दपी उनि आशावादी छन् , किनकी आफुले चरित्र निर्वाह गर्न कुनै कसर बाँकी नराखेको उनले बताउछन् । आउँदो कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर नेपाली’ मा उनको प्रमुख भूमिका रहेको छ । यो फिल्ममा उनी दोहोरो भूमिकामा छन् । फिल्ममा उनी पिता र छोराको भूमिकामा छन् । जसमध्ये एउटा चरित्र नकारात्मक रहेको बताइएको छ ।

‘पर्दामा मलाइ देख्दा दर्शकले फरक पाउनु हुनेछ’ भुवनले भने ,’फिल्ममा मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ ।’ प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको फिल्ममा विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरिएको छ । यसमा भुवनसँगै रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायतका कलाकारको अभिनय छ । यसै फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ ।










