
सङ्गीत । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसबर्षको तीज पर्व बिशेष गीत दिउँला बरिलै सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छन् भने सङ्गीत गायक चलाउनेकै रहेको छ । गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ । गीतको भिडिओमा चर्चित मोडल लोमश शर्मा र विना राउतले नृत्य गरेका छन् । अशोक विकले निर्देशन गरेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन् । प्रविन भट्टले सम्पादन गरेको भिडिओमा मिलन विश्वकर्माले कलर भरेका छन् ।
गायिका खत्रीले नारीहरुको महान चाड तीजमा तीजको छुट्टै महत्व हुनेभएकाले पनि यसबर्षको तीजमा गीत ल्याएको बताइन् । उनले भनिन्,‘तीजका गीत महिना अघिबाटै घन्किदा तीज आएको महसुस हुन्छ । तीजका गीतले पनि तीज पर्वलाई जोगाइराखेको छ । तीज बिशेष गीतहरुले पनि तीजको महत्व अझै बढाएको जस्तो लाग्छ ।’
यस्तै गायक भागिरथ चलाउनेका यसअघिका पनि थुप्र्रै तीज गीत हिट छन् । यसैबिच उनले यसगीतलाई पनि दर्शक तथा स्रोताले माया गर्नेमा आशावादी छन् ।
