साम्राज्ञी भन्छिन् ‘डराएकी थिए’

255 Shares

फिल्म । पछिल्लो समय साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘रातो टिका निधारमा’ को छायाँकनमा व्यस्त छिन् । तर , मंगलवार उनि छायाँकन छाडेर काठमाण्डौ आइपुगिन् । किनकी उनि अभिनित फिल्म ‘मारुनी’ को पहिलो गीत सार्वजनिक कार्यक्रम थियो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा साम्राज्ञीसँगै पुष्प खड्का फिचर्ड छन् । दीपक बज्राचार्यको स्वर र संगीत रहेको गीतको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने यसलाई संजय लामाले छायाँकन गरेका हुन् ।

राजधानीको ठमेल स्थित फरेन हाइट क्लबमा छायाँकन गरिएको गीतले दर्शकको मन जित्नेमा साम्राज्ञी विश्वस्त छिन् । साथै , उनले टिमसँग जोडिन पाउँदा खुसि व्यक्त गरिन् । ‘यो फिल्ममा केहि यस्ता छन् , जसलाई गर्न सहज थिएन् तर नवलदाइले सहजै रुपमा मलाइ त्यो सिन गराउनु हुन्थ्यो’ उनले भनिन् ‘नवल दाइसँग दोस्रो पटक काम गर्न पाउँदा र पुनम दिदीसँग जोडिन पाउँदा निकै खुसि लागेको छ ।’ उनले निर्देशक नवल नेपालसँग यस अघि फिल्म ‘मंगलम’ मा काम गरेकी थिइन् । साथै , उनले को-स्टार पुष्पको पनि तारिफ गरिन् ।

‘पुष्प अभिनयमा निकै परिपक्क छन् , उनिसँग काम गर्दा मलाइ निकै सहज भयो’ साम्राज्ञीले भनिन् । उनले सिनेम्याटोग्राफर संजय लामाको पनि तारिफ गरिन् । उनि यो टिमसँग यो फिल्म गर्न पाएकोमा खुसि देखिन्थिन् । फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने समेत निर्देशक नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेकोछ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । फिल्ममा पुनम गौतम निर्मात्री छिन् भने राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ । फिल्म भाद्र १३ मा रिलिज हुनेछ ।

Facebook Comments