आर्यनलाई मन पर्यो ‘सेल्फी किङ्ग’ ट्रेलर

फिल्म । अभिनेता आर्यन सिग्देललाई अभिनयसंगै लुक्स भएको हिरोको रुपमा चिनिन्छ । उनमा चकलेटी अदा त छदैछ , साथै उनले अभिनय पनि जिवन्त गर्छन । यिनै आर्यनले सार्वजनिक ‘सेल्फी किङ्ग’ को ट्रेलर हेरेर प्रसंसा गरेका छन् । उनले आफ्नो सोसल मिडियाबाट फिल्मको बारेमा बताएका हुन् । ‘सेलिब्रिटी बन्नु सजिलो टास्क होइन । सेल्फी किङ्गको यात्रा हेर्दा हामी यो कुराको महशुश गर्न सक्छौ । विपिन कार्की र विशाल सापकोटाको राम्रो काम ।’ आर्यनले यो लेखाइसंगै सेल्फी पनि पोष्ट गरेका छन् । आर्यनको सेल्फीमा फिल्मका शिर्ष अभिनेता विपिन कार्की र डेब्यु निर्देशक विशाल सापकोटा छन् । उनले यो तस्वीर छायांकनकै क्रममा लिएका हुन् । माघको २४ गतेबाट रिलिज हुन लागेको यस फिल्ममा एउटा कलाकारको ३ दिनको कथालाई प्रस्तुत गरिएको छ ।

यसमा एउटा संवाद छ, ‘स्टारडम मुतको न्यानो मात्र हो ।’ यो संवाद विश्वभरका सेलिब्रिटीमा नै लागू हुन्छ । ट्रेलर रिलिज कार्यक्रममा विपिनले नै यसले धेरथोर सेलिब्रेटीको जीवनलाई छुने बताए । निर्देसक विशाल आर्यनसंग निकै नजिक छन् । उनले कलाकारकै रुपमा आर्यनसंग ‘आईएम सरी’ मा काम गरेका थिए । ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई फिल्ममा देखाइएको छ । ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिन कार्कीको जीवनमा आउने उतार-चढावलाई ट्रेलरमा समेटिएको छ । फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् । दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् ।

यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

कमेन्ट गर्नुहोस्