देश डुलेर फर्कियो ‘द्रौपदी’

फिल्म । चैत ८ गते प्रदर्शन हुने फिल्म ‘द्रौपदी’ टिमले देश दौडाहा सकेको छ । फिल्मका निर्देशक तथा कलाकार ऋषिराज आचार्यले दाङ, वुटवल, पोखरा, चितवन, नेपालगंज लगायतका सहरमा पुगेर पत्रकार र दर्शकलाई फिल्म बारे जानकारी गराएको बताएका छन् । उक्त दौडाहामा गायक तथा नायक रवि ओड , कलाकार तथा निर्माता प्रकास ज्ञवाली, कलाकार सुजाता तिमल्सिना लगायत सहभागी थिए ।

‘हामीले देश दौडाहाका क्रममा राम्रो प्रतिक्रिया बटुलेका छौँ । गीत र ट्रेलरमार्फत फिल्मको जानकारी पाएको दर्शकले बताउनुभएको छ’, निर्देशक आचार्यले भने ।

कर्णाली भेगको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ मा कर्णालीको सुन्दरता, जनजीवन र ब्यथाहरुलाई प्रस्तुत गरिएको छ । फिल्म डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णाली विभिन्न स्थानमा खिचिएको हो । नारी सम्वेदनात्मक लाग्ने फिल्को ट्रेलरमा प्रमुख अभिनेता निर्देशक स्वयम् ऋषिराज आचार्य,शीर्ष अभिनेत्री आश्विनी शाही,गायक रबि ओड, सुजाता तिमिल्सिना,कबिराज भाम, जेल्सन अधिकारी,बिष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ ।

निर्देशक आचार्य स्वयम्को लेखन,अनिल महर्जनको सम्पादन,सौरभ शर्माको पाश्र्व संगीत, तथा मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्मका गीतमा रबि ओड र इन्द्रकला राईको आवाज छ । आरबि मुभिजमा बनेको फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । फिल्मको बितरण एप्पल इन्टरटेन्टमेन्ट,एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा गर्दैछन ।

कमेन्ट गर्नुहोस्