यस्तो छ ‘यो मन त मेरो नेपाली हो’ को टिजर

फिल्म । नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । टिजरले नेपाली भाषा, साहित्य, कला, इतिहास, महत्त्व र नेपाली पहिचानको विषयलाई उजागर गर्न खोजेको छ ।

आगामी असार २७ बाट प्रदर्शनमा आउने यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी र भानुभक्त सिटौलाको अभिनय छ। साथै, भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, दक्षिण अफ्रिका र अमेरिकाका कलाकारहरूको पनि अभिनय रहेको छ ।

इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको यो फिल्मका प्रस्तुतकर्ता मित्र प्रधान र निर्माता ज्ञानबहादुर प्रधान (रोशन) हुन् । अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको फिल्मको लेखन शिवम अधिकारीले गरेका छन् ।

फिल्ममा सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व, समिर मियाँको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन र सत्यम रानाको सिजिआई छ। सङ्गीतमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राई छन् भने शब्द रचना दीपक शर्मा, विल्सन विक्रम राई, शङ्कर अधिकारी ‘घायल’ र खैजडी गीतमा अनिश अधिकारीको छ ।

फिल्मको छायाङ्कन झापा, इलाम, भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बङ्गाल र अमेरिकामा गरिएको छ।

कमेन्ट गर्नुहोस्