‘बिक्रम’ फिल्मको छायांकन लण्डनबाट सुरु

फिल्म । निर्देशक बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायांकन आइतबारबाट बेलायतको लण्डनमा सुरु भएको छ ।महारानी प्रोडक्सन यूके, फिल्म फ्याक्ट्री यूके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको यो फिल्मकी निर्मातामा हिरल जोशी रहेकी छन् । फिल्ममा सुरेश न्यौपाने एसोसिएट निर्देशकका रूपमा छन् । संस्कृति क्रिएशन्स नेपाल पनि न्यौपानेकै कम्पनी हो ।

मुख्य भूमिकामा नेपाली कलाकार सलोन बस्नेत, निर्देशक एवं अभिनेता बिक्रम जोशी, सनम कुमार बैरागी तथा विदेशी कलाकार नादेशि हप्किन्स रहनेछन्। सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामा डीओपी तथा ईश्वर सिन्केर्माना छायांकन टोलीमा छन्। फिल्मका प्रोडक्सन म्यानेजर रबिन भारती हुन्।

निर्माण पक्षका अनुसार फिल्मको करिब ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत नेपालमा गरिनेछ। केही समयअघिमात्र निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो। पोस्टरमा देखिएको कलाकारहरूको लुक हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित हुने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्