जन्मदिनमा मोसन पोष्टर

0 Shares

फिल्म । ‘बाहुबली’ सिरिज मार्फत सुपरस्टार बनेका अभिनेता प्रभासको जन्मोत्सवको अवसर पारेर फिल्म ‘राधे श्याम’ को मोसन पोष्टर सार्वजनिक गरिएको छ । २३ अक्टोबर १९७९ मा जन्मिएका प्रभास ४१ औँ वर्षमा छन् । रोमान्टिक लभ स्टोरी फिल्मको मोसन पोष्टरलाई पनि रोमान्टिक र कलरफुल बनाइएको छ । युरोपको रमणीय दृश्यमा छायांकन गरिएको फिल्म पूर्णरुपमा प्रेम कथामा आधारित रहेको भारतीय मिडियामा उल्लेख छ ।

फिल्ममा प्रभासको जोडी बनेकी छिन् , पूजा हेग्डे । उनले पहिलोपटक प्रभाससँग स्क्रीन शेयर गर्दैछिन् । कोरोना भाइरस (कोभिड १९) सुरु हुदै गर्दा निर्माण युनिटले फिल्मको छायांकन युरोपमा सकेको हो । यसलाई युभी क्रिएसनले निर्माण गरेको छ भने राधा कृष्ण कुमारले निर्देशन गरेका छन् । फिल्म तामिल , तेलुगु , मलयालम , कन्नड र हिन्दी भाषामा रिलिज हुनेछ। फिल्ममा खलपात्रमा जगपथी बाबु छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्