कपिलको शो मा ‘खान फ्यामिली’

टेलिभिजन । अन्तत कपिल शर्माले आफ्नो शो यहि महिना डिसेम्बरको अन्त्यबाट सुरु गर्ने भएका छन् । ‘द कपिल शर्मा शो’ प्रशारण हुने सोनी टिभी प्रोमो सार्वजनिक गरिसकेको छ । प्रोमोमा सिम्बा टिम अर्थात् रोहित शेट्टी , रणवीर सिंह र सारा अलि खान देखिएका छन् भने अर्को तर्फ सलमान खानको फ्यामिली ।

सलमानको फ्यामिलीबाट उनका पिता सलिम खान र भाइहरु अरबाज र सोहेल खान गेस्टको रुपमा देखिएका छन् । यी गेस्टले भरपुर इन्जोय गरेका छन् , जसलाई प्रोमोमा देखाइएको छ । सलमानको फ्यामिली भएकै कारण शो दर्शकको लग्गी प्रतिक्षित बन्न सक्छ । संवत शो यहि महिनाको अन्त्यबाट सुरु हुनेछ । केहि समय अगाडी अस्ट्रेलियामा शो सकेर फर्किदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता राइज गर्न सकेका छैनन् ।

त्यसपछी उनले शो लाई बन्द गर्दै र केहि समयपछी सुरु गर्दै आइरहेका छन् । तर उनले त्यो सफलता पाउन सकेका छैनन् । आफ्नै मेहनतले स्टार बनेका कपिल , आफ्नै हर्कतले साख गुमाउने सेलिब्रेटीमा पर्छन । तर यसपटक नयाँ सोचका साथ् शो ल्याउन लागेका कपिलको लोकप्रियता कतिको बढ्छ ? यो भने आउने दिनले नै बताउनेछन् ।

कमेन्ट गर्नुहोस्