फिल्म । गायक तथा अभिनेताको पहिलो निर्देशकीय फिल्म ‘वसन्त’ को सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ लाई दर्शक तथा श्रोताले रुचाएका छन् । युट्युबको ट्रेन्डिङ आउनु र भ्युज बढिरहनुले उनको सिर्जनालाई दर्शकले प्रतीक्षा गरिरहेको प्रस्ट्याउछ । हाल यो गीत युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ ।
गीतको कमेन्टबक्समा अधिकाँसले मन परेको प्रतिक्रिया दिएका छन् । ‘म त प्रकाश सपुतको प्रतिभा र क्षमता देखेर अचम्मै पर्छु । भगवान छन भने र भगवानले मान्छे बनाउछन भने साच्चिकै फुर्सदमा धेरै समय खर्चेर बनाएको मान्छे जस्तो । आहा कति प्रतिभाशाली ।’ यस्तै आशयको प्रतिक्रिया अधिकाँशले दिएका छन् । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । उनले स्वर दिएका एकपछि अर्को गीत युट्युब ट्रेन्डिङसँगै चर्चाको शिखरमा रहने गरेको भन्दै दर्शक तथा श्रोताले तारिफ गरिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
फिल्ममा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।