उर्वशीको गीत ‘अश्लील’ भएको आरोप

फिल्म । भारतीय अभिनेत्री उर्वशी रौतेला विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । उनी हालै आफ्नो पछिल्लो गीत ‘दबिडी’ का कारण चर्चामा छिन् ।नन्दमुरी बालकृष्ण (एनबीके) सँग फिल्म ‘डाकू महाराज’ का लागि उनले गरेको नृत्यलाई ‘अश्लील’ र ‘लज्जास्पद’ भन्दै अनलाइन ट्रोलिङ गरिएको छ । एनबीके र उर्वशी अभिनीत गीत थमन र वाग्देवीले गाएका छन् । पार्टी गीत भए पनि यो गीतलाई अश्लील भन्दै यसको कोरियोग्राफीलाई नराम्रोसँग ट्रोल गरिएको हो ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूलाई दुईबिचको उमेरको अन्तरलाई लिएर ट्रोल पनि गरेका छन् । ‘दबिडी दबिडी’ को कोरियोग्राफी शेखर मास्टरले गरेका हुन् । यो ट्रोलिङबारे निर्माताले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्ममा बबी देओल, प्रज्ञा जैसवाल, श्रद्धा श्रीनाथ र चाँदनी चौधरीको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्