फिल्म । लेख्न हुँदै निर्देशनसम्मको यात्रा तय गरेका छेतेन गुरुङ अब यो संसारमा छैनन् । ४२ वर्षको उमेरमा उनको निधन भएको छ । लिभरमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । तर , त्यहि समस्याले उनलाई यो संसार छाड्न बाध्य बनायो । केहि समय अगाडी देखि नै उनको लिभरमा समस्या देखिएको उनि निकट बताउछन् ।
छेतेनले करियरको सुरुवात दिनेश राउतसँग गरेका थिए । निर्देशक राउतको दोस्रो फिल्म ‘नोभेम्बर रेन’ मा उनि कथा र पटकथा लेखनमा आएका हुन् । त्यसपछि राउतसँग उनको सहकार्य क्लासिकमा पनि भयो । उनको निधनबाट मर्माहत भएको निर्देशक राउतले बताएका छन् । ‘आफ्नै संसारमा रमाउने एक प्रतिभालाई हामीले गुमाएका छौँ’ निर्देशक राउत भन्छन् ,’सकारात्मक सोचको धनि भएको क्रियटिभ मान्छे हुन् छेतेन ।’
पछिल्लो समय छेतेनसँगको भेटलाई सम्झिदै राउत भन्छन् ,’काभ्रेमा भेटेका थियौँ । र , त्यसपछि काठमान्डौसम्म सँगै आएका थियौँ ।’ उनको अन्तेष्टी बौद्धधर्म अनुसार हुने बुझिएको छ ।










