शाहरुख निर्देशकको फिल्ममा ताप्सी

फिल्म । पछिल्लो समय बलिउडमा शाहरुख खानलाई ‘रइस’ फिल्म निर्देशन गरेका निर्देशक राहुल ढोल्कियाको नयाँ फिल्ममा ताप्सी पन्नु अनुबन्धित भएकी छिन् । फिल्म निर्देशक राहुल ढोलकियाले २०१९ मा महिला केन्द्रित एउटा फिल्म बनाउने घोषणा गरेका थिए। यसमा ताप्सीलाई लिने भएका हुन् । यो एक क्राइम थ्रिलर फिल्म हो। फिल्मको सुटिङ अर्को वर्ष सुरु हुने भनिएको छ । यद्दपी जारी लकडाउन र कोरोना भाइरसको संक्रमणको कारण डेट तय भएको छैन ।

राहुलले यो फिल्ममा कृति सेननलाई लिड रोलमा चुनिएको थियो । २०१९ अगस्टमा यसको सुटिङ तय गरिएको थियो तर डेट नमिलेर कृतिले यो फिल्म छोडिन्। त्यसो त ताप्सी पछिल्लो समय फरक किसिमको फिल्म पनि गर्दै आइरहेकी छिन् । हसिन दिलरुबा, रश्मी रकेट, शावास मिट्ठु, लुप लपेटा, मिताली राजको बायोपिकलगायतका फिल्म उनको पाइपलाइनमा छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्