फिल्म । यशराज फिल्म्सले पुलिस एक्शन थ्रिलर ‘मर्दानी ३’ को रिलिज मिति सार्वजनिक गरेको छ । बलिउड अभिनेत्री रानी मुखर्जी पुनः निडर प्रहरी अफिसर एसपी शिवानी शिवाजी रोयको भूमिकामा फर्किन लागेकी छिन् ।
निर्देशक अभिराज मिनावालाको निर्देशनमा तयार भएको यो फिल्म सन् २०२६ को फागुन १५ (२७ फेब्रुअरी) मा रिलिज हुने भएको छ । यशराज फिल्म्सले फिल्मको फर्स्टलुक पोस्टरसहित रिलिज मिति पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
पोस्टरमा रानी मुखर्जीलाई बन्दुक समातेर तीव्र दृष्टिमा कसैलाई लक्षित गरिरहेको उग्र अवतारमा देखाइएको छ । निर्माताहरूका अनुसार, यो फिल्म सामान्य चाडपर्वको परिवेशमा आधारित नभई, रानीको पात्र र शक्तिशाली दुश्मनहरूबीचको हिंसात्मक र भावनात्मक टक्करमा केन्द्रित हुनेछ ।
फ्यानहरूबीच उत्साह चुलिंदै गएको छ, र ‘मर्दानी’ फ्रेन्चाइजका अघिल्ला भागहरूजस्तै यसले पनि बलियो महिला पात्र र सामाजिक न्यायको मुद्दालाई केन्द्रमा राख्ने अपेक्षा गरिएको छ ।












