जापानमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ हुने

पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ हुने भएको छ । अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडले आउदो सेप्टेम्बर १६ मा अवार्ड गर्ने जानकारी प्रेस विज्ञाप्ति मार्फत दिएको छ । अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड वितरण गरिने आयोजक कम्पनि सुर्य कर्पोरेसन प्रमुख बासुदेव लामिछानेले जानकारी दिएका छन् ।

‘हामीले नयाँ तथा पुराना कलाकारको जमघट पनि गर्दैछौ , साथै योगदान र पपुल्यारिटीको आधारमा अवार्ड दिनेछौ’ लामिछानेले यसलाई पपुलर अवार्डको रुपमा बुझ्न समेत आग्रह गरे । नाकानो जेरो हलमा १२ विधामा अवार्ड प्रदान गरिनेछ । केहि समयपछी टप ५ को नोमिनेशन सार्वजनिक गर्दै आयोजकले अनलाइन मार्फत भोटिङ गर्न मिल्ने व्यस्था गर्ने पनि आयोजकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्