समर्थकलाई भावुक बनाउने क्षण

खेलकुद । सर्वकालीन महान खेलाडी भनेर चिनिने लियोनल मेसीले आफ्नो कप्तानीमा कोपा अमेरिका २०२१ को फाइनलमा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनालाई २८ वर्षपछि मुख्य उपाधि दिलाउन सफल रहे । ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली यी दुई टिमको फाइनलमा भेट हुने तय भएपछि नै संसारभरि रहेका उनीहरूका समर्थकहरूबीच कसले जित्छ भन्ने चर्चा चुलिएको थिए। फाइनल खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको गोलले अर्जेन्टिनाका फ्यानलाई खुसी दियो । त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि उपाधि अर्जेन्टिनाको पोल्टामा पर्‍यो।

फाइनल खेलमा अर्जेन्टिना र ब्राजिलसंगै मेसी र नेइमार जेआर पनि एकअर्का विरुद्ध मैदानमा थिए । नेइमार मेसीलाई पछ्याउनुका साथै उनलाई सर्वकालीन महान खेलाडी पनि मान्छन् । यी दुइमा राम्रो मित्रता पनि छ । यिनका फ्यान आपसमा भिडेपनि खेलको मैदान भन्दा बाहिर यी दुइको मित्रता उदाहरनिय छ । यस्तै देखियो फाइनल खेलको समाप्तिपछी पनि ।

रेफ्रीले खेल सकिएको सिठी बजाउनेबित्तिकै मेसी मैदानमा घुँडा टेकर खुसी मनाउन थाले । सबै अर्जेन्टिनी खेलाडी उनी भएको ठाउँङ्तिगा गएर अंगालो मारेर खुशी मनाए । उता नेइमारको आँखामा भने आँशु थियो । अर्जेन्टिनी टोली धुमधामका साथ खुशीयाली मनाइरहेका थिए । त्यसै बेला नेइमार पनि अर्जेन्टिनी टोलीनजिक थिए । त्यसपछि मेसी र नेइमारले अंकमाल गरे । करिब एक मिनेट उनीहरुले अंकमाल गरिरहे । उनीहरुले आफ्नो मित्रतालाई उस्तै रहेको देखाए ।

यो क्षणले दुबै टिमका समर्थकलाई भावुक बनायो । भिडिओमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमारलाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ । नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। आज उपाधिका लागि प्रतिष्पर्धा गरेका नेइमार र मेसीको मित्रता गहिरो छ। खेलमा हार जित हुन्छ नै तर त्यसलाई आत्मसाथ गरेर मित्रता देखाउँदा त्यो क्षण उत्कृष्ट देखिएको थियो । सामाजिक सञ्जालमा अहिले मेसी र नेमारबीचको अंकमालको दृश्य चर्चाको विषय बनेको छ र धेरैले यो तस्वीरलाई सेयर गरेका छन् ।

केही समयअघि सम्म उनीहरू स्पेनिस क्लब बार्सिलोनामा सँगै फुटबल खेल्थे । पछिल्लो समय नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पिएसजी गएका छन् । क्लब फरक परे पनि मेसी र नेइमारको मित्रता भने कायमै छ।

कमेन्ट गर्नुहोस्