अमेरिकाले तोड्यो डब्ल्यूएचओसँग सम्बन्ध

विदेश । अन्ततः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । केहि दिन अगाडी डब्लुएचओलाई पत्राचार गर्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै सुधार गर्न आग्रह गरेका थिए ।

‘डब्लुएचओलाई सुधार गर्न अनुरोध गरेका थियौँ तर उसले सफलता पाउन सकेन । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ’ शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने । संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले घोषणा गरे ।

साथै , ट्रम्पले कोरोना भाइरस फैलिनु र नियन्त्रणमा नरहनुलाई डब्लुएचओको लापरबाही भनेका छन् । यसैगरी उनले डब्लुएचओ चीनको नियन्त्रणमा रहेको आरोप समेत लगाए । कोरोना भाइरस पहिलो पटक गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा पाइएको थियो । चीनले कोरोणा भाइरसलाई नियन्त्रणमा लिनु र अन्य देशमा ठुलो क्षति गर्नुलाई अमेरिकाले शंकाको दृष्टिकोणले हेर्दै आएको छ । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्