सिड्नीमा नेपाल बारे वक्तृत्वकला

0 Shares

विदेश । स्टुडेण्ट भाइस अष्ट्रेलियाको प्रस्तुतिमा ‘ अब म पनि बोल्छु ‘ शिर्षकमा सिड्नीको ग्रायनभिलमा वृहत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यस्तो किसिमको कार्यक्रम अष्ट्रेलियामा नेपाली समाजले पहिलोपटक आयोजना गरेको हो । प्रतियोगितामा भुवन तिमल्सिना तृतिय,अनिता पौडेल द्वितीय र रोशन कदरिया प्रथम भएका छन् ।

अष्ट्रेलियामा सिकेको सिप र ज्ञानलाई नेपाल भित्र्याउन युवाहरुको भूमिका विषयलाइ प्रतियोगिताले उठान गरेको थियो । प्रतियोगितामा राजन आचार्य , भीमसेन सापकोटा , साउदन ऐकेडेमीका सिइओ मन के.सी.,सिड्नी सिटी कलेज अफ मेनेज्मेण्टकी प्रिन्सीपल रन्जु वाग्ले थापा , लिडर बिनोद पौडेल र ओपेरा ऐकेडेमीकी बोर्ड मेम्बर अनु रेग्मी निर्णायक रहेका थिए ।

१२ जना प्रतियोगिहरु भर्चुअल अडिसनबाट छनौटमा परेका थिए । कार्यक्रमको संयोजकमा मदन कोइराला र बद्री बरुवाल रहेका थिए भने प्रतियोगितामा प्रथम हुने रोशनले ५ सय डलरको साथमा थप बोनस २ सय डलर, प्रमाण पत्र,ट्रफी ,मेडल, २ सय ५० डलर बराबरको हेयर एण्ड ब्यूटी भौचर र २ सय डलरको ममको भौचर प्राप्त गरेका छन ।

यसैगरी दोस्रो हुनेले ३ सय अष्ट्रेलियन डलरको साथमा थप बोनस १ सय डलर, प्रमाण पत्र,ट्रफी ,मेडल, २ सय ५० डलर बराबरको हेयर एण्ड ब्यूटी भौचर र एक सय पचास डलरको ममको भौचर प्राप्त गरेका छन । प्रतियोगितामा तेस्रो हुनेले आयोजकको तर्फबाट २ सय डलर र १ सय डलर बोनसको साथै ट्रफी, प्रमाण पत्र, २ सय ५० डलरको हेयर एण्ड ब्यूटी भौचर र एक सय डलरको ममको भौचर जितेका छन ।

कार्यक्रममा मदन र बद्रीले सहभागिहरूलाई धन्यवाद व्यक्त गर्दै छिटै नयाँ सिजन पनि हुने जानकारी दिएका थिए । युवापुस्ताको सिर्जनशिलतालाई बढाउन उनले यस्ता प्रतियोगितामा जोड दिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्