‘सोधपुछ गर्नु गलत हो’

देश । नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोमा आपत्ति जनाएको छ । सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई भेटघाटको समाचाबारे छलफल गर्न बोलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेट भएको भन्दै दुई अनलाइनहरुमा प्रकाशित समाचारका बारेमा विवाद भएको हो ।

‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’, नेपाल पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो ।’

कमेन्ट गर्नुहोस्