देश । ‘राता मकै’ को उपनामले परिचित हाँस्यकलाकार किरण केसी वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्ने संस्था इको केयर प्रालिको व्यावसायिक दूतमा नियुक्त भएका छन् । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनी पाँच वर्षका लागि दूतमा नियुक्त भएको जानकारी गराइयो ।
अभिनेता केसीले डेढ महिना अध्ययन गरेर मात्रै आफू व्यावसायिक दूत बन्न तयार रहेको बताए । ‘यस्तो प्रकारको इँट्टाले वातावरण संरक्षणमा पनि भूमिका खेल्ने देखियो । अध्ययनपछि मात्र म एम्बेसडर बन्न तयार भएको हुँ,’ उनले भने,‘देश विदेश घुम्दा पनि यस्तै इट्टाबाट घर बनेको देखेको छु, म आफैँ पनि उक्त व्यवसायमा केही समय रहिसकेकाले सबै छानविन गरेर मात्र जोडिएको हुँ ।’
उक्त कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी इँट्टा उत्पादन गर्दै आएको छ । जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्री रुपमा इँट्टा उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ ।