देश । हजरिया सेवा समाजको अध्यक्षमा नरेशकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । मधेस प्रदेशको सर्लाही जिल्ला, वरहथवा नगरपलिकास्थित साविकको हजरिया गाविस जन्मथलो भइ काठमाडौँमा बसोबास गर्दै आइरहेका व्यक्तित्वद्वारा विसं २०६३ सालमा स्थापना भएको समाजको शनिवार सम्पन्न पाचौँ साधारणसभाले थापाको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।
निर्वाचित अध्यक्ष थापाले आगामी दिनमा हजरिया एवं बरहथवा नगरपालिकाको स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ, कृषिलगायतको क्षेत्रमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सम्बन्धित पक्षसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए ।
समाजका निर्वाचित उपाध्यक्षमा कौशल खड्का, फिरोज खड्का, विष्णुु पौडेल, दिनकरसिंह दाहाल र दिप्ती दाहाल चयन हुनुभयो । सचिवमा नवीन गिरी, सहसचिवमा प्रेक्षा कार्की र कोषाध्याक्षमा सन्तोष पोखरेल चयन हुनुभएको छ ।
सदस्यहरुमा सलिना कडाल, विजय दाहाल, सरोजकुमार चौधरी, अञ्जना बस्नेत, हेमबाहदुर लामा, प्रमिला कार्की, सुनिता वाग्ले, अभिशेख महतो, रमानन्द महतो, विमल पोखरेल, नागिन्दर सहनी र ज्ञानु परियार हुनुहुन्छ ।









