देश । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले गीतसङ्गीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए ।
उनले भने,‘साङ्गीतिक जगतका एक सुविख्यात नक्षत्र हामी माँझ अब हुनुहुन् भन्ने खबर पिडादायी छ । नेपाली भजनलाई नयाँ आयाम दिएर भजन शिरोमणिबाट विभूषित र जनस्तरमा लोकप्रिय आचार्यले नेपाली सङ्गीत असाधारण योग्दा पु¥याउनु भएको छ । उहाँ गीतसङ्गीतको मध्यमले सधै हामीसँग रहिरहनु हुनेछ ।’
अध्यक्ष ओलीले तीन वर्ष अगाडि भेट स्मरण गर्नु हुँदै उहाँका स्वास्थ्यको विषयमा समेत चर्चा गरे । बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।
आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङगीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङगीत क्षेत्रमै हुनुहुन्छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङगीतमा महत्वपूर्ण योगदान छ ।








