फिल्म । बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्टनिस्ट पनि भनिन्छ । किनकी उनले अधिकाँस काम पर्फेक्ट नै गर्ने गरेका छन् । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आफ्न क्यारेक्टर र फिल्मलाई बचाउन नसकेपनि उनको चर्चा घटेको छैन । मिस्टर खानले गत दस वर्षमा केवल तिन फिल्ममा आफुलाई सफल बनाउन सकेनन । ति हुन् , धोबिघाट , तलास र ठग्स अफ हिन्दोस्तान । यिनै आमिर आफ्नो क्यारेक्टरलाई भने निकै ध्यान दिने गर्छन । उनले आफ्नो भूमिका मात्र होइन डाइलग पनि याद गर्छन । तर कसरि ?
एक अन्तर्वार्ताको क्रममा उनले यसको रहस्य खोलेका छन् । उनले साइन गरेको फिल्मको स्क्रिप्ट लिन्छन र त्यसलाई आफैले अर्को पानामा सार्छन । उनले आफ्नै हातले अर्को पानामा स्क्रिप्ट सार्ने क्रममा उनलाई आफ्नो सिन मात्र होइन डायलग पनि कण्ठ नै हुन्छ । उनले आफुले यस्तो गर्न लागेको धेरै वर्ष भईसकेको बताए । (एजेन्सी)










