फिल्म । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मङ्गलवार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए ।
यसको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । फिल्मको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ । यसमा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । यसअगाडी घोषणा गरिएअनुसार फिल्ममा सौगात मल्लको भने भूमिका नरहने भएको छ । अर्थात् उनी फिल्ममा कलाकार छैनन् ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । यसमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ ।












