कमेन्ट गर्नुहोस्
पछिल्लो २४ घण्टामा १ सय ७० संक्रमित थपिए
देश । गत २४ घण्टामा नेपालमा गरिएको कोरोना भाइरस (कोभिड १९) परिक्षणमा थप १ सय ७० जनामा संक्रमण रहेको पुष्टी भएको छ । शुक्रबार नियमित मिडिया ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाले पछिल्लो २४ घण्टाको अपडेट गराएका हुन् । नयाँ संक्रमितमा १ सय ६५ पुरुष र ५ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।
थपिएका संक्रमितहरु झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म
संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । मन्त्रालयका अनुसार नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् । यसैगरी देशभर आइसोलेसनमा १ हजार रहेका छन् भने क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् ।




