प्रदेश २ : कहिँ निषेधाज्ञा , कहिँ लकडाउन

देश । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको संक्रमण बढेपछि पुनः लकडाउन गर्न विज्ञहरुले सुझाई रहेका छन् । नेपालभर दुइ साता लकडाउन हुन् सक्ने सम्भावना बढिरहेको अवस्थामा प्रदेश २ को ५ ठूला सहरमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर, पर्साको वीरगन्ज, बाराको कलैयालगायतका अधिकांश ठाउँ, महोत्तरीको जलेश्वर र सप्तरीको राजबिराजलगायतका ठाउँमा निषेधाज्ञा लागेको छ ।

प्रदेश २ का महानगर वीरगन्जमा संक्रमित थपिएसँगै मृत्यु हुनेको संख्या उच्च बनेपछि साउन १० गतेदेखि लगाइएको निषेधाज्ञा अझै जारी छ । महोत्तरीको सीमावर्ती सहर जलेश्वरमा पनि संक्रमित बढेपछि साउन १६ गतेदेखि र बाराको अधिकांश स्थानमा साउन १८ गतेदेखि निषेधाज्ञा लगाइएको छ । प्रदेश २ को आधाभन्दा बढी सहर कोरोना भाइरससँग बच्न निषेधाज्ञाको सामना गरिरहेका छन् । यसैगरी सर्लाहीमा पनि एक साताको लागि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

कमेन्ट गर्नुहोस्