रामेछापबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङसहितको नाम सिफारिस

देश । नेपाली कांग्रेस रामेछापले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विरबहादुर तामाङसहितको नाम सिफारिस गरेको छ । तामाङ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व महासमिति सदस्य हुन् । साथै उनी आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका छन् । पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय रहे पनि उनले अहिलेसम्म कुनै पनि निर्वाचन नलडेका कारण उनी नयाँ र फरक अनुहारका रूपमा हेरिएका छन् ।

युवा पुस्तामाझ लोकप्रिय मानिने तामाङ रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुम निवासी हुन् । पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय भूमिकाका कारण उनको नाम सिफारिस हुनु अर्थपूर्ण मानिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस रामेछापले विभिन्न तहबाट उम्मेदवार सिफारिस गरेको हो । यस सिफारिससँगै जिल्लामा कांग्रेसभित्र आन्तरिक राजनीतिक चहलपहल बढेको छ ।

कमेन्ट गर्नुहोस्