फिल्म । बलिउडका अभिनेता बोबी देओल अभिनित फिल्म मध्य ‘गुप्त’ सफलमा गनिन्छ । यो फिल्मको गीतसंगीत र कथावस्तुले तात्कालिन समयमा दर्शकको मन जितेको थियो । विशेषत फिल्ममा बोबीसँगै काजोलको रोल दर्शकले रुचाएका थिए । पछिल्लो समय यसै फिल्मको सिक्वेल बन्ने चर्चा छ । बोबीसँगै काजोल र मनिषा कोइराला लगायतको अभिनय रहेको फिल्मको सिक्वेललाई गुप्तकै निर्देशक राजीव रायले फिल्मलाई निर्देशन गर्दैछन् ।
उनले एक अन्तर्वार्ताको क्रममा सिक्वेलको आइडिया आएको बताएका छन् । ‘मलाइ आइडिया आइसकेको छ तर यसलाई फाइनल गर्न बाँकी छ’ निर्देशक रायले भने ‘बोबीलाई फिल्म लिने पक्का छ अरु कास्ट फाइनल हुनेछ ।’ फिल्मलाई अगाडीकै झैँ यसपटक पनि दर्शकले थ्रिल महसुस गर्ने उनले बताएका छन् । यद्दपी फिल्मको अधिकारिक रुपमा अझै घोषणा हुन् सकेको छैन । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










