‘कोरोना भाइरस निर्मूल नहुन पनि सक्छ’

विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका अधिकांस देश ठप्प छ । लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै कोरोना भाइरसको महामारीलाई फैलिनबाट रोक्न सकिने भएकोले विश्वका अधिकांस देश लकडाउनमा छन् । यद्दपी केहि देशलाई लकडाउनलाई खुकुलो पनि बनाइसकेको छ । यसै बीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो । अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यसले कोरोना भाइससको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । डब्ल्यूएचओले अझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्