फिल्म । कुनै समय पोर्न हिट पोर्नस्टार मिया खलिफा विवाह गरेकी छिन् । पोर्न फिल्म छाड्दै गर्दा नै रोबर्ट सैन्डबर्गसँग ‘सिरियस रिलेसनसिप’मा रहेको यो जोडीले विवाहको रुप दिएको हो । उनीहरुले विवाह गर्ने संकेत अगाडी नै गरेका थिए । यद्दपी कोरोना भाइरस (कोभिड १९) को कारण उत्पन्न परिस्थितिले विवाह हुन् सकेको थिएन ।
पछिल्लो समय यी दुइको विवाह भईसकेको खबर आइरहेको छ । मियाले हालै इन्स्टाग्राम मार्फत एउटा भिडियो सार्वजनिक गरेकी छिन् । भिडियोमा मिया बाथरुममा नाच्दै गाउँदै देखिएकी छन् । त्यहीँ रोबर्ट सोफामा सुतिरहेका छन् । साथै , भिडियो सेयर गर्दै मियाले रोबर्टलाई पति भनेर सम्बोधन गरेकी छन्। (एजेन्सी)
कमेन्ट गर्नुहोस्











