‘अब्सेसन’ ले नेपालमा कति कमायो ?

फिल्म । विश्वव्यापी रुपमा आक्रामक कमाइ गर्दै चर्चामा आएको हलिउड फिल्म ‘अब्सेसन’ ले नेपाली बजारमा भने दर्शकको राम्रो साथ पाउन सकेन् । विश्वव्यापी ४६ करोड ९७ हजार डलर (४ सय ६० मिलियन) कमाएको फिल्मले नेपालमा भने अपेक्षाकृत व्यापार गर्न असफल भयो ।

कम बजेटमा बनेको यो हरर फिल्म ‘अब्सेसन’ ले नेपालमा १ करोड २९ लाख ८७ हजार १ सय ६५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यही अवधिसम्म फिल्मका ३३ हजार ७ सय ७१ टिकट बिक्री भएको तथ्यांक चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको छ ।

क्युरी बार्कर निर्देशित यो फिल्ममा माइकल जोनस्टन र इन्डे नाभारेते शीर्ष भूमिकामा छन् । फिल्मको कथा एक युवाको वरिपरि घुम्छ, जसले रहस्यमय शक्तिसँग जोडिएको वस्तु प्रयोग गरेर आफ्नो प्रेम प्राप्त गर्ने प्रयास गर्छ। तर इच्छा पूरा भएपछि सम्बन्ध क्रमशः डर, मनोवैज्ञानिक तनाव र नियन्त्रण बाहिर जाने जुनूनमा बदलिन्छ।

रिपोर्टहरूका अनुसार ‘अब्सेसन’ को निर्माण बजेट १० लाख अमेरिकी डलरभन्दा पनि कम रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्