नीताको ‘सोच’ (टिजर)

फिल्म । प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘सोच’ को अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक एक्सनमय टिजरमा नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले फिल्म एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ ।

भाद्र २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्ममा पूजन सिंह, विशाल पहारी, सोनिका बाँस्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्वन्द्व छ ।

रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी रहेको फिल्मलाई बिदुर पाण्डेले खिचेको हुन् । भने, कथा निर्देशक पुजनकै हो । पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् । फिल्मले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउँछन् । फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्