फिल्म । ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । आमाको महत्व र मायालाई दर्साइएको फिल्मको ट्रेलर भावनात्मक छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन ।
फिल्मकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् । जो अर्ध मुण्डनमा देखिएकी छिन् । फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजीले वितरण गर्नेछ ।










