सोनाल र कस्मतको ‘माया बस्छ कि के हो !’

फिल्म । प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि के हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मत निरौला फिचर छन् । राजु अधिकारी निर्देशित फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी रहेका छन् । फिल्ममा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ ।

बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् । फिल्मको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तले आवाज भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्मको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो ।

कमेन्ट गर्नुहोस्