बैंकर ज्ञवाली भारतबाट पक्राउ

जयहोस् । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । अदालतले तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले फैसला सुनाएको थियो । ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ जेठमा पूर्व बैंकर ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई जेल र जरिवानाको सजाय सुनाइएको थियो ।
कमेन्ट गर्नुहोस्