सङ्गीत । गायक मदन ढकालले नयाँ गीत ‘मुग्लिङ’ सार्वजनिक गरेका छन् । गायक मदन ढकाल र दीपिका बयम्बु मगरको स्वर रहेको उक्त गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । गीतमा शब्द स्वयं मदन ढकालकै रहेको छ भने संगीत घनश्याम खत्रीले भरेका छन् । एरेञ्ज आशिष अबिरलले गरेका हुन् ।
गीतको भिडियोमा मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता) र जुनु एसडीको अभिनय रहेको छ । साथै, गायक मदन ढकाल स्वयं पनि भिडियोमा देखिएका छन् । सागर, हरिश र जुनुको सशक्त नृत्यले भिडियोलाई अझ आकर्षक बनाएको छ ।
जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका छन् ।
कमेन्ट गर्नुहोस्










