हिरोइन होइन , ‘आइटम गर्ल’

गसिप । अञ्जली अधिकारी पछिल्लो समय गीतसंगीतको भिडियोमा खोजिने फिमेल मोडलमा अगाडी आउने नाम हो । उनले लोक दोहोरिसंगै आधुनिक गीतको भिडियोमा पनि आफुलाई अब्बल सावित गरिसकेकी छिन् । तर , उनको प्रतिक्षा भने हिरोइन नै हो । किनकी केहि समय अगाडी प्रेम गीतको तेस्रो सिरिजमा उनले हिरोइनकै लागि अडिसन दिईन् । गीत आफु नै बन्न लागेको झैँ केहि मिडियामा उनको अन्तर्वार्ता पनि नआएको होइन । तर , उनको सपना पुरा भएन । यति भएपछि धेरैको विश्वास थियो, यसको इख उनले नयाँ फिल्म साइन गरेर निकाल्छिन् ।

तर, भयो उल्टो । अञ्जली पुरानै पेशा अर्थात् भिडियोमै रमाइन् । फिल्मको हिरोइन बन्न आएकी उनले फिल्मको आइटम गीतमा चित्त बुझाउनु परेको छ । ‘मिस्टर नेपाली’मा आइटम गरेकी उनले केहि दिन अगाडी सार्वजनिक भएको ‘सेन्टी भाइरस’मा पनि आइटम गीत नै गरेकी छिन् । के आइटम नाचेर नै उनले हिरोइन हुने भोक मेटाउन लागेकी हुन् ? भन्ने चर्चा पनि हुन् थालेको छ । उनको फिल्मसँगको साइनो निश्चल बस्नेतसँग नाचेको ‘प्रसाद’को ‘बनकी चरी’ गीतमार्फत जोडिएको थियो । एउटै गीतबाट यति बिघ्न हिट भएपछि उनको मनमा पनि हिरोइन हुने रहर पलायो, जुन स्वाभाविक नै हो । तर , उनले भिडियोलाई छाड्न नसक्दा त्यो सपना भने पुरा होला त ?

कमेन्ट गर्नुहोस्