आयुष्मानसँग प्रियंकाको भ्यालेन्टाइन गीत (भिडियो)

संगीत । आउदो वर्ष विवाह बन्धनमा बढिने तयारी गरिरहेका लभ वर्ड आयुष्मान डिएस जोशी र प्रियंका कार्की ‘भ्यालेन्टाइन गीत’ मा देखिएका छन् । आउदै गरेक भ्यालेन्टाइन डेलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘ह्याप्पी भ्यालेन्टाइन’ गीतमा आयांका देखिएका हुन् । गीतमा प्रियंकालाई फकाउदै गरेको देखिएका छन् आयुष्मान । गीतमा किरण उप्रेतीको शब्द रहेको छ भने यसमा संगीत र स्वर किरण गजमेरको रहेको छ । गीतमा सुबोल थापाको कोरियोग्राफी , बुद्ध थापाको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ भने यसलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्