फिल्म । अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्य सम्बन्धि खबरहरु सार्वजनिक भएसंगै विभिन्न माध्यमबाट सहयोग भइरहेका छन् । नर्भिक अस्पतालमा उपचाररत निशाको स्वास्थ्य सुधार भइरहदा उनका लागि सहयोग जुट्ने क्रम पनि बढ्दो छ । यसैबीच अमेरिकामा रहेरका नेपाली फिल्मका निर्देशकहरुले निशाको परिवारलाई सहयोग गरेका छन् ।
अमेरिकामा रहेका फिल्म निर्देशकहरु सुमन दाहालबाट ५० डलर,अशोक श्रेष्ठबाट ५५ डलर,किशोर सुब्बा ,गोपाल चन्द्र लामिछाने, अक्की शर्मा,पवन गौतम,अनिल संग्रौला ,दिनेश कार्कीबाट जनही ५१ डलर गरि संकलित ४ सय ११ डलर चलचित्र निर्देशक समाज मार्फत हस्तान्तरण गरिएको हो । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले निशाको परिवारलाई नगद हस्तान्तरण गरेका हुन् । हाल संकलन भइरहेको सहयोग रकम निशा अस्पतालबाट डिस्चार्ज भएपछि हुने उनको थेरापी तथा अन्य उनको उपचारमा नै खर्च गरिने उनको परिवारले जनाएका छन् ।
आर्थिक अभावको कारण निशाको राम्रो उपचार हुन नसकेर उनि बिगत साँढे दुइ बर्ष देखि अचेत अवस्थामा रहेकी थिइन् । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा गत बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ।










