नेपालमा पनि फ्लप भयो ‘द राजा साब’

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ ले प्रदर्शनरत नेपाली फिल्महरूको माघ ३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

प्रभास अभिनित फिल्म ‘द राजा साब’ ले नेपालमा पनि अपेक्षाकृत व्यापार गर्न सकेन । सार्वजनिक विवरणअनुसार उक्त फिल्मको कुल ५० हजार ४२४ टिकट बिक्री भएका छन् । उक्त फिल्मले कुल १ करोड ६२ लाख ६४ हजार ५६२ रुपैयाँ आम्दानी गरेको छ ।

रोमान्टिक-हरर ड्रामालाई निर्देशक मारुती दासरीले निर्देशन गरेका छन् । पाँच भाषामा रिलिज भएको फिल्मले विश्वव्यापी रुपमै कम्जोर्र व्यापार गरेको हो ।फिल्ममा प्रभाससँगै मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्