‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक

फिल्म । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको प्रचारप्रसारअन्तर्गत गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचर्ड छन्। उनीहरूको रोमान्टिक केमेस्ट्रीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको भिडियोप्रति कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए।

श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतमा विष्णु नेपाल नेपालीको शब्द तथा संकेत अगस्तीको संगीत रहेको छ। विशाल निरौलाले गीतको एरेन्ज गरेका छन्। निर्माण पक्षले गीत दर्शकमाझ रुचाइने विश्वास व्यक्त गरेको छ।

फिल्ममा जितु नेपाल, प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्सी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारको अभिनय रहेको छ।

डम्बर राईको कथामा आधारित फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका छन्। फिल्ममा बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको छ भने कार्यकारी निर्माता अनन्त राई हुन्।

डम्बर राई डिओपी तथा नारायण गुरुङ छायाकार रहेको फिल्मको सम्पादन सन्देश शाहले गरेका छन्। सह–सम्पादकका रूपमा सन्दीप डाँगी रहेका छन्।

फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा तथा सहायक निर्देशक गीत बिष्ट र सजना थापा हुन्। दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहेको फिल्मका गीतमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ। सी.बी. भण्डारी प्रोडक्सन म्यानेजर तथा रवि केसी मेकअप आर्टिस्ट रहेको फिल्मको पोस्ट–प्रोडक्सनको काम ग्लोबल रिल मोसन पिक्चर्सले गर्नेछ।

कमेन्ट गर्नुहोस्