फिल्म । अभिनेता राजेश हमालको कम्ब्याक भनेइको फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । ट्रेलर सार्वजनिक भएको छोटो समयमा यसले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युवको मुभी सेक्सनमा यो फिल्म ३ नम्बर ट्रेन्डिङमा छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । अभिनेता हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन् । सामाजिक सञ्जालमा पनि यो फिल्मको ट्रेलरलाई उच्च शेयर गरिएको छ ।
अभिनेता हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाकारण पनि दर्शकहरु यो फिल्मलाई प्रतिक्षा गरिरहेका छन् । फिल्ममा अभिनेता हमालसँगै नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।
फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ । ट्रेलरले समेत उच्च हाइप बनाउँदा फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।











