गरुड पुराणबाट नयाँ प्रियंकाको डेब्यु (भिडियो)

फिल्म । पहिलो सार्वजनिक गीत ‘ म त पिरिममा’ मार्फत चर्चामा रहेको फिल्म ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । सुबास कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा कर्मा , प्रियंका सिंह ठकुरी , नाजिर हुसेन , प्रविन खतिवडा , कामेश्वर चौरसिया , लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ । ‘फिल्म निकै रमाइलो बनेको छ , दर्शकले भरपुर मनोरंजन पाउनु हुनेछ’ कार्यक्रममा बोल्दै कर्माले भने । उनले थपे ‘दर्शकले खोजेको कमर्सियल डोज यसमाछ ।’ उनिसँगै निर्देशक कोइरालाले पनि फिल्मले आश्वादी बनाएको बताए ।

‘फिल्म रमाइलो बनाएको जस्तो लाग्छ अनि यो ट्रेलर मात्र हो’ उनले भने । यसैगरी यसै फिल्म मार्फत डेब्यु गर्ने तयारीमा रहेकी प्रियंका पनि आश्वादी छिन । ‘पहिलो फिल्ममै राम्रो टिमसँग जोडिन पाए , निकै आश्वादी छु’ उनले भनिन् । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् । फिल्म माघ ४ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्