‘आशा’ को छायांकन सुरू

फिल्म । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् ।

‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।

छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले शट दिएका थिए । फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका छन् । निर्देशकसँगै कथाकार रहेका गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए । उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए ।

फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

बाँकी समाचार, फोटो तथा भिडिओ गुगल लिंकमा : https://drive.google.com/drive/u/0/folders/1IWbL-LJKubVv8S8fFaERn7ZiMSD4nzXz

कमेन्ट गर्नुहोस्